+
+
Shares

सरकारले विना प्रतिस्पर्धा खोप र स्वास्थ्य सामग्री खरिद गर्नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ७ गते १९:४८

७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामग्री विना प्रतिस्पर्धा खरीद गर्न मिल्ने गरी अध्यादेश ल्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ ले सार्वजनिक खरीद ऐनमा नटेकी उत्पादनसँग सिधै स्वास्थ्य सामग्री खरिद गर्न सक्ने व्यवस्था गरेको हो ।

अध्यादेशको दफा २६ मा खरिद प्रक्रिया सम्बन्धित व्यवस्थामा भनिएको छ, ‘कोरोना उपचारमा बाधा पर्ने वा मानिसको जीउ ज्यान जोखिमममा पर्ने देखिएमा तत्काल आवश्यक पर्ने औषधि, अक्सिजन स्वास्थ्य सामग्री, उपकरण वा खोप उत्पादक, वितरक, आधिकारिक विक्रेता वा अन्तरराष्ट्रिय संस्थासँग सोझै खरिद गर्न सकिनेछ ।’

अध्यादेशमा आवश्यकताअनुसार जमानतविना अग्रिम भुक्तानी गर्न वा कार्यसम्पादन जमानत छुट दिन सक्ने प्रावधान राखिएको छ । यसअघि सार्वजनिक खरिद ऐनका कारण स्वास्थ्य सामग्री खरीदमा ढिलाइ हुँदै आएको गुनासो अधिकारीहरुले गर्ने गरेका थिए ।

नेपाली सेनाले गत वर्ष भारतबाट स्वास्थ्य सामग्री खरिदको प्रक्रिया थाल्दा अग्रिम भुक्तानी दिनुपर्ने थियो । तर, सार्वजनिक खरीद ऐनले त्यसलाई बाधा गरेपछि खरीदमा ढिलाइ भएको अधिकृतहरुले बताएका थिए ।

अब खरीद गरिने स्वास्थ्य सामग्री मुलुकभित्र पर्याप्त मात्रामा उपलब्ध हुन नसक्ने भए अधिकार प्राप्त व्यक्तिले आफैं वा विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत सोझै खरिद गर्न सक्ने भनिएको छ । खरीद गर्ने सामग्रीको स्पेसिफिकेसन र दररेट नेपाल सरकारले स्वीकृत गरेबमोजिम हुने भनिएको छ ।

दफा १६ को दफा ४ मा स्वास्थ्य सामग्री खरीद गर्दा सरकारले मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवाको कम्तिमा ११औं तहको अधिकृत रहने गरी छुट्टै खरीद इकाइ बनाउनुपर्ने पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?