Comments Add Comment

पीएसजीलाई पछि पार्दै लिले फ्रेन्च लिग वान च्याम्पियन

१० जेठ, काठमाडौं । लिलेले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एङ्गर्सलाई २-१ ले पराजित गर्दै लिले च्याम्पियन बनेको हो । उसले साविक विजेता पीएसजीलाई  १ अंकले पछि पार्यो ।

लिलेको जितमा जोनाथन डेभिड र बुराक यलमाजले गोल गरे । एङ्गर्सका एन्जेलो फुल्गिनीले इन्जुरी टाइममा गोल फर्काए पनि लिलेको जित रोक्न सकेन ।

अर्को खेलमा पीएसजीले ब्रेस्टलाई २-० ले पराजित गर्‍यो तर उपाधि जोगाउन सकेन ।

लिले १० वर्षपछि च्याम्पियन बनेको हो । लिलेले सन् २०१०/११ मा लिग जितेको थियो । उता २०१६/१७ पछि पीएसजी लिग जित्न असफल रह्यो ।

यस्तै लियोन नाइसंग ३-२ ले पराजित भएपछि मोनाको लेन्ससंग बराबरी खेल्दै तेस्रो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment