+
+
WC Series
Oman
106/9 (18.2)
VS
१० बलमा ४६ रन आवश्यक
Nepal
151/9 (20)
Shares

माधव नेपालबारे ओलीको टिप्पणी : यत्तिको निर्लज्जता कहीं देखिएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते १६:०६

९ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालले निर्लज्जताको सीमा नाघेको बताएका छन् ।

आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै उनले भने, ‘यो निर्लज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन भयो, यस्तो दुनियाँमा रेकर्ड छैन ।’

‘बस्न मन छैन भने इमान देखाउँछन् । म एमालेको वरिष्ठ नेता भनेर सही गरेर लाजमर्दो गरी जाँदैन । एमालेका नेताविरुद्ध विपक्षमा हस्ताक्षर गरेर म एमालेको वरिष्ठ भनेर ङिच्च दाँत देखाएर बस्ने ! यति निर्लज्जता दुनियाँमा कहीं देखिएको छैन ।’

डुप्लिकेट पार्टी दर्ता गरेको, षड्यन्त्र नै षड्यन्त्र गरेको भन्दै उनले भने, ‘हामीले स्पष्टीकरण सोधेका छौं । उहाँहरुको जवाफ हेरौं, तदनुसार जे गर्नुपर्ने गर्छौं ।’

केहीलाई भ्रममा पारेर पनि सही गराएको भन्दै उनले सच्चिएर आउन खोज्ने, गल्ती महसूस गर्नेहरुलाई साथमा लिएर जाने बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘गल्ती महसूस गर्ने साथीहरुलाई फेरि साथै लिएर अगाडि जान तयार छौं । यो उहाँहरुको हातमा छ । भीरबाटै खस्ने हो भने त हाम्रो के लाग्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?