+

एसिया कप क्रिकेट स्थगित, अब २०२३ मा हुने

२०७८ जेठ  १० गते ७:०१ २०७८ जेठ १० गते ७:०१
एसिया कप क्रिकेट स्थगित, अब २०२३ मा हुने

१० जेठ, काठमाडौं । आगामी जुनमा श्रीलंकामा हुने तय भएको एसिया कप क्रिकेट स्थगित भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार विज्ञप्ती जारी गर्दै २०२१ को संस्करण स्थगित गरेको जानकारी दिएको छ ।

यसअघि नै आयोजक देश श्रीलंकाले एसिया कप यस वर्ष हुन सक्ने सम्भावना नरहेको जनाएको थियो ।  त्यसको केही दिनपछि नै एसीसीले स्थगितको निर्णय गरेको हो ।

यसअघि २०२० मै हुनुपर्ने एसिया कप कोभिड१९ का कारण एक वर्ष पछि सरेको थियो । तर कोभिडकै कारण यस पटक पनि नहुने भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर व्यस्त रहेकोले २०२१ को संस्करण २०२३ मा मात्र गर्न सकिने एसीसीले जनाएको छ । २०२२ मा एसिया कप हुने निर्णय भइसकेकोले २०२३ को लागि सारिएको हो । एसिया कपको मिति भने पछि तय गरिने एसीसीले जनाएको छ ।

एसिया कप श्रीलंका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय