+

अन्तिम खेलमा इन्टरको शानदार जित, ११ वर्षपछि उचाल्यो सिरी ए ट्रफी

२०७८ जेठ  १० गते ७:०४ २०७८ जेठ १० गते ७:०४
अन्तिम खेलमा इन्टरको शानदार जित, ११ वर्षपछि उचाल्यो सिरी ए ट्रफी

१० जेठ, काठमाडौं । इटालियन सिरी ए च्याम्पियन बनिसकेको इन्टर मिलानले सिजनको अन्तिम खेलमा उडिनेसेलाई ५-१ ले पराजित गरेको छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जिताउन एस्ले योङ, क्रिस्टियन एरिक्सन,लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलु लुकाकुले गोल गरे । उडीनेजेका रोबर्टो पेरेराले एक गोल फर्काए ।

अन्तिम खेलमा शानदार जितपछि इन्टरले ११ वर्षपछि सिरी ए ट्रफी उचालेको छ । इन्टरले सन् २०१० मा पछिल्लो पटक सिरी ए जितेको थियो ।

इन्टरले यस सिजन ३८ खेलबाट ९१ अंक जोड्यो । इन्टर मिलानसँगै दोस्रो स्थानको एटलान्टाले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ । तर एसी मिलान साविक विजेता युभेन्ट्स र नापोली च्याम्पियन्स लिगको बाँकी दुई स्थानका लागि होडमा छ ।

आजै राति मिलानले अन्तिम खेलमा एटलान्टासँग खेल्नेछ भने नापोलीले हेलास भेरोना र युभेन्ट्स बोलोग्नासँग खेल्नेछ ।

इटालियन सिरी ए इन्टर मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय