Comments Add Comment

संसद विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन सुरु

९ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।

माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेतले कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन हुने र त्‍यसपछि संयुक्त बैठक बसी सर्वोच्च आज या भोलि जाने तय हुने बताए ।

‘कांग्रेस, माओवादी, लगायत पार्टीका सांसदहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन हुन्छ । त्यसपछि संयुक्त बैठक बस्छ र सर्वोच्च जाने कुरा आज या भोलि भन्‍ने तय हुन्छ।’ नेता बस्‍नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment