Comments Add Comment

माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

८ जेठ, काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई प्रधानमत्रीबाट हटाउन र विपक्षी दललाई सरकारमा पुर्‍याउन हस्ताक्षर गरेका निवर्तामान  सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए ।

तर ११ जनालाई मात्र स्पष्टीकरण सोधिएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पर्सि विहानसम्म स्पष्टीकरण बुझाउन भनिएको छ ।

कस्तो स्पष्टीकरण आउँछ, त्यसमा आधारित भएर पार्टीले थप निर्णय उनले बताए ।

२६ जनामध्ये अरु चाहिँ मुलधारमा फर्किनु भएको हो भन्ने प्रश्नमा एमाले प्रवक्ता ज्ञवालीले भने ‘उहाँहरुमध्ये कतिले मैले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ । कतिययले माधवकुमार नेपालले मलाई प्रधानमन्त्री बन्ने वातावरण बन्यो, त्यसका लागि समर्थन गर्नुस् भनेकाले मात्र हस्ताक्षर गरेका हौं । शेरबहादुर देउवालाई हाम्रो समर्थन छैन भनेर प्रतिक्रिया दिनु भएको छ । उहाँहरुसँग छुट्टै कुरा गर्छौं ।’

महामारीमा कसरी होला चुनाव ?

बैठकमा नेताहरुले महामारीको बीचमा घोषित चुनावको सम्भावनाबारे छलफल भएको छ । पछिल्लो थ्यांकले दोस्रो लहर पिकमा पुगेर स्थिर भएको देखाएकाले अगष्टसम्म यो मत्थर हुने विश्लेषण बैठकमा भएको प्रवक्ता ज्ञवालीले बताए ।

महामारीको बेलामा कसरी चुनाव होला भन्ने प्रश्नमा परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भने, ‘महामारी चलिरहँदा निर्वाचन कठिन विषय हो तर, संविधनको व्यवस्था ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउर्नैपर्ने हुन्छ । यो हामी सबैको कर्तव्य हो ।’

उनका अनुसार बैठकले पार्टीको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा केन्द्रीत गर्ने निर्णय गरेको छ भने भ्याक्सिन आयातमा केन्द्रीत हुन सकरारको ध्यानकर्णण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment