१० जेठ, काठमाडौं । लिभरपुल र चेल्सी प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् ।
लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै लिभरपुल तेस्रो भयो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे । जितपछि लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो ।
चेल्सी र लेस्टर सिटी भने पराजित भए । दुवै टिम हारेपछि चेल्सीले लेस्टरले एक अंकले पछि पार्दै चौथो स्थानमा रहन सफल भयो । चेल्सी एस्टन भिल्लासँग २-१ ले पराजित हुँदा लेस्टर टोटनहमसँग ४-२ ले पराजित भयो ।
एस्टन भिल्लाका लागि बर्ट्रान्ट ट्राओर र अनवर एल घाजीले गोल गरे । चेल्सीका बेन चिलवालले एक गोल फर्काए ।
चेल्सीले ६७ अंक जोड्दा लेस्टरले ६६ अंक जोड्यो । उता लेस्टरले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन । जेम् भार्डीले दुवै पटक पेनाल्टीमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए ।
तर ह्यारी केन र लेस्टरकै गोलकिपर क्यास्पर सेमिकल्सको आत्मघाती गोलमा टोटनहमले दुवै पटक बराबरी गर्यो । त्यसपछि अन्तिम ३ मिनेट र इन्जुरी टाइममा गरी गारथ बेलले दुई गोल गर्दै टोटनहमलाई जिताए ।
लेस्टरसँगै छैटौं स्थानको वेष्टहम युनाइटेडले अर्को सिजन युरोपा लिग खेल्नेछ ।
प्रतिक्रिया 4