Comments Add Comment

नर्सका लागि बबरमहलमा क्वारेन्टिन सेन्टर

११ जेठ, काठमाडौं । काठमाडौंको बबरमहलमा नर्सहरुका लागि क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको छ ।

व्यावसायिक नर्सहरुका लागि किंग्स कलेजले बबरमहलस्थित आफ्नो नयाँ भवनमा क्वारेन्टिन केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । नेपाल मेडिकल एसोसिएसन र नर्सिङ्ग एसोसिएसन अफ नेपालको समन्वयमा क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको कलेजले जनाएको छ ।

किंग्स क्लब र किंग्स कलेजले करुणा फाउन्डेसन नेपाल र अडारा समूहको साझेदारीमा क्वारेन्टिन सेन्टरको स्थलगत व्यवस्थापन, आवश्यक सामग्री आपूर्ति गर्ने किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले बताए ।

कोभिडको बिरामीको सेवामा खटिने नर्सहरू आफैँ संक्रमित हुने उच्च सम्भावना रहेको र समुदायमा संक्रमण कम गर्न पनि यो प्रयास आवश्यक रहेको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मन कुमारी राईले बताइन् ।

नर्सहरुलाई घरमा बस्न निकै चुनौतिपूर्ण रहेको अवस्थामा सहज, स्वस्थ र सुरक्षित ठाउँको आवश्यकता महसुस भइरहेको अवस्थामा क्वारेन्टिन सञ्चालनमा आउनु सकारात्मक भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment