Comments Add Comment

युरोकपका लागि डेनमार्कको टिम घोषणा

१२ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप फुटबलका लागि डेनमार्कको टिम घोषणा भएको छ । प्रशिक्षक क्यास्पर हुलमान्डले बुधबार युरोकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर ८, मिडफिल्डर र ६ फरवार्ड छन् । टिममा लेस्टर सिटीका गोलकिपर क्यासपर सेमिकलदेखि अनुभवी खेलाडीहरु सिमोन कजार, क्रिस्टियन एरिकसन लागयत छन् । यस्तै युवा खेलाडीहरु आन्द्रेज स्कोभ ओल्सन र मिकेल डाम्सगार्ड पनि छन् ।

प्रशिक्षक क्यासपरले यो बलियो टिम रहेको र युरोकपको लागि तयार रहेको बताएका छन् ।

डेनमार्कले समूह चरणमा फिनल्याण्ड, बेल्जियम र रसियासँग खेल्नेछ ।

२६ सदस्यीय डेनिस टोली

गोलकिपर : क्यास्पर सेमिकल, जोनास लोसल, फ्रेडेरिक रोनोव

डिफेण्डर : जेन्स स्ट्रगर लार्सन, सिमोन कजार, आन्द्रेज क्रिस्टेनसन, जोचिम आन्द्रेसेन, डानिएल वास, माथियस जोर्गेनसेन, जोकिम मेले, जानिक भेस्टरगार्ड, निकोलाई बोइलेसेन

मिडफिल्डर : माथिस जानसेन, क्रिस्टियन नोरगार्ड, पिएरे एमिली होजवर्ग, थोमस डिलाने, एन्डर्स क्रिस्टियनसेन, क्रिस्टियन एरिक्सन, मिकेल डाम्सगार्ड, रोवर्ट स्कोभ

फरवार्ड : मार्टिन ब्रेथवेइटे, आन्द्रेज कोर्नेलिस, आन्द्रेस स्कोभ ओल्सेन, युसुफ पाउलसेन, क्यास्पर डोलवरग, जोनास विन्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment