Comments Add Comment

बाँकेमा थप ८ संक्रमितको मृत्यु

१३ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एक/एकजना गरी ८ जनाको मृत्यु भएको हो । यो संख्या बुधबार राति ७ः१५ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० का ५७ वर्षीय पुरुषको बुधबार राति ७ः१५ बजे, वडा नम्बर २० कै ५५ वर्षीया महिलाको बुधबार राति १२ः४० बजे र वडा नम्बर १८ का ७३ वर्षीया महिलाको बिहीबार बिहान भेरी अस्पतालमा मृत्यु भएको उनले बताए ।

बर्दियाको बासगँढी नगरपालिका–५ का ७५ वर्षीया महिलाको बुधबार राति ७ः३० बजे र गुलरिया नगरपालिका–५ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । ७५ वर्षीया महिलामा जेठ २ गते र ८० वर्षीय पुरुषमा जेठ १२ गते संक्रमण पुष्टि भएको थियो ।

कैलालीको जानकी गाउँपालिका–९ की ७४ वर्षीया महिलाको बुधबार राति ७ः२० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

कञ्चनपुरको पुनर्बास नगरपालिका–६ का ४७ वर्षीया महिलाको बिहीबार बिहान २ बजे र दाङको घोराही उपमहानगरपालिका–३ की ५६ वर्षीया महिलाको बिहीबार बिहान २ः४५ बजे नपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । ४७ वर्षीया महिलामा वैशाख १७ गते र ५६ वर्षीया महिलामा जेठ ७ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment