Comments Add Comment

‘हिमालमा जोखिम छैन, सबै आरोही सुरक्षित’

१४ जेठ, काठमाडौं । सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी आएको छ ।

अहिले आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा रहेका छन् । हरेक शिविरका करिब एक/एक सय जना रहेको अनुमान छ ।

हिमालमा रहेका सबै आरोही सुरक्षित रहेको र मौसम तथा प्रतिकुल अवस्थाका कारण उद्धार समेत गरिहाल्नुपर्ने अवस्था नरहेको समेत विभागले जनाएको छ ।

बंगालको खाडीमा उत्पन्न भएको आँधि यासका कारण नेपालभर मौसम प्रभावित भएको छ । यसले उच्च हिमाली भेगमा भारी हिमपात हुन सक्ने भन्दै आरोहण नगर्न र सकेसम्म फर्काउन गृह मन्त्रालयले सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment