Comments Add Comment

अमेरिकामा ‘ओभर डोज’को प्रिमियर हुँदै

अमेरिकामा बस्दै आएका २ नेपाली यूवाको जीवनमा आधारित रहेर तयार भएको चलचित्र ‘ओभर डोज’को प्रिमियर मे २९ मा हुने भएको छ । अमेरिकाको टेक्सास राज्यको डलासमा यो चलचित्रको प्रिमियर आयोजना गर्न लागिएको हो ।

ड्रग्स र अपराधको कथामा निर्माण भएको यो चलचित्रमा प्रनिसराज पन्त, सविनजंग थापा, विना श्रेष्ठको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा गौरव गुरुङ र स्वामी डिजे लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

सुमन पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको छ । छोटा चलचित्र, म्यूजिक भिडियो तथा विज्ञापन निर्माण गर्दैै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरुको जीवनलाई चलचित्रमा उतारेको हो । निर्देशक पौडेलले दर्शकले यो चलचित्र मन पराउने बताए ।

दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यो चलचित्रमा साजन कार्कीको सम्पादन छ । अमेरिकामा प्रिमियरपछि समय मिलाएर चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने योजना निर्माताले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment