Comments Add Comment

द्रूतमार्गका लागि ८ अर्ब १५ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि अगामी वर्ष ८ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनामार्फत बनिरहेको आयोजनालाई लगानी अभाव हुन नदिने गरी बजेट विनियोजन गरेका छन् ।

७२.५ किलोमिटर लामो द्रूतमार्गमा आगामी वर्षबाट तीन वटा सुरुङमार्ग पनि बनाउन थालिने छ । महादेव डाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेनडाँडामा १.४३० किमी गरी ६.४१५ किमि लामो सुरुङमार्ग बनाइने भएको छ ।

चार लेनको यो सडक बनेपछि निजगढबाट खोकनासम्म लगभग १ घन्टामा आइपुगिने अनुमान छ ।

डीपीआरअनुसार सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर कायम गरिएको छ भने तराईमा २७ मिटर हुनेछ । सुरुङमार्गमा ८७ वटा पुल हुनेछ । प्यासेन्जर अन्डर पास १२, आभेरपास एउटा तथा सवारी अन्डरपास ५ र ओभरपास ४ वटा हुनेछ ।

चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २१ वैशाख २०७४ मा द्रुतमार्गमा अहिलेसम्म १९ प्रतिशत मात्रै काम भएको छ । सुरुको म्याद गुजारिसकेको सेनाले अझै कति समय लगाउँछ भन्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment