
१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८०४, मोरङमा ३७८, कैलालीमा २०६, झापा र ललितपुरमा १७६/१७६ जना, कास्कीमा १५२, भक्तपुरमा ११३ र बर्दियामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुर्खेतमा ९५, धनुषामा ९३, चितवनमा ८९, धादिङमा ८४, गोरखामा ७४, रूपन्देहीमा ७१, सुनसरीमा ७०, नुवाकोटमा ६८,लमजुङमा ६२, तनहुँमा ५७, मकवानपुरमा ५५, बाँकेमा ५४ र बारामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ओखलढुंगामा ४६, सप्तरीमा ४३, दाङ, कञ्चनपुर र डोटीमा ३८/३८ जना, पाँचथरमा ३७, सिरहा र स्याङजामा 3५/३५ जना, ताप्लेजुङमा ३२, नवलपरासीमा २७, गुल्मीमा २३, अछाममा २१, खोटाङमा १९, नवलपरासी पूर्व, रूकुम पश्चिम र बैतडीमा १७/१७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै पर्सा, पाल्पामा १४/१४ जना, महोत्तरीमा १३, रौतटह, सर्लाही र सिन्धुलीमा १२/१२ जना, सिन्धुपाल्चोकमा ११, इलाम, काभ्रेपलाञ्चोक र रामेछापमा ९/९ जना, उदयपुर र दैलेखमा ८/८ जना कोरो संक्रमित थपिएका छन् ।
दोलखामा ६, जारकोट र जुम्लामा ५/५ जना, धनकुटा, रसुवा, अर्घाखाँची, रोल्पा र सल्यानमा ४/४ जना, संखुवासभा, पर्वत र प्युठानमा ३/३ जना, भोजपुर, कपिलवस्तु, मुगुमा २/२ जना तथा तेह्रथुम, सोलुखुम्बु, बागलुङ, रुकुम पुर्व, कालिकोट, डडेल्धुरा र दार्चुलामा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ११० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३२६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4