+

जिदानले खुलाए रियल छाड्नुको कारण

२०७८ जेठ  १७ गते १७:०१ २०७८ जेठ १७ गते १७:०१
जिदानले खुलाए रियल छाड्नुको कारण

१७ जेठ, काठमाडौं । जिनेदिन जिदानले स्पानिस क्लब रियल मड्रिडको प्रशिक्षक पद छाड्नुको कारण खुलासा गरेका छन् ।

फ्रान्सेली प्रशिक्षक जिदानले समर्थकको नाममा खुल्ला पत्र लेख्दै क्लबबाट टाढिनुको कारणबारे उल्लेख गरेका हुन् ।

उनले रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले आफूलाई सम्मान नगरेको आरोप लगाएका छन् । जिदानले एक सिजन सम्झौता बाँकी छदै रियल छाडेका हुन् ।

‘मैले छाडेँ किनकी क्लबले अब मलाई आवश्यक पर्ने जति विश्वास गर्दैन’ जिदानले लेखेका छन् । सान्टियागो बर्नाबेउमा छँदा जिदानले रियललाई दुई कार्यकालमा गरी ३ च्याम्पियन्स लिग र दुई ला लिगा उपाधि जिताए । तर सन् २००९-१० पछि रियल पहिलो पटक उपाधिविहीन भएपछि जिदानले रियल छाड्ने निर्णय गरेका हुन् ।

त्यस निर्णयको केही दिनपछि जिदानले आफ्नो बहिर्गमनको कारण खोलेका हुन् । उनले क्लबका अध्यक्ष पेरेजसँगको निराश सम्बन्धबारे खुलासा गरेका छन् । साथै गत सिजन रियलले खराब प्रदर्शन गर्दा समर्थन नगरेको आरोप समेत लगाएका छन् ।

रियल ला लिगामा शहरी प्रतिस्पर्धी एट्लेटिकोसँग पछि पर्दै उपिवेता बनेको थियो । जिदानले क्लब छाड्ने निर्णय बारे उक्त पत्रमा सबै वर्णन गरेका छन् ।

उनले रियललाई उच्च स्तरमा रहनका लागि नयाँ दृष्टिकोण आवश्यक रहेको महसुस भएकोले छाडेको पनि बताएका छन् ।

जिदान जिनेदिन जिदान रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय