Comments Add Comment

बार्सिलोनामै फर्किए एरिक गार्सिया

१८ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले सेन्टर ब्याक एरिक गार्सियालाई अनुबन्ध गरेको छ । अर्को महिना म्यानचेष्टर सिटीसँग सम्झौता सकिएपछि गार्सिया बार्सिलोनाको खेलाडी बन्नेछन् ।

दुवै पक्षबीच यस विषयमा सहमति भएको बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले ५ वर्षको लागि गार्सियासँग सम्झौता गर्दैछ ।

बार्सिलोनाले गार्सियाको लागि ४०० मिलयन युरो बाइआउट क्लबसमेत तोकेको छ ।

२० वर्षीय गार्सिया ३ वर्षपछि बार्सिलोनामै फर्किकएका हुन् । बार्सिलोनाको एकेडेमी ला मासियामा फुटबल सिकेका उनी २०१७ मा सिटी गएका थिए । तर सिटीमा सम्झौता सकिएपछि उनी पुरानै क्लब फर्किएका हुन् ।

मंगलबार गार्सियाले बार्सिलोनासँग सम्झौतामा हस्ताक्षर गर्नेछ । त्यसपछि क्याम्प नोउमा उनको फोटो सेसन हुनेछ र उनलाई बार्सिलोनाको खेलाडीको रुपमा प्रस्तुत गरिनेछ ।

नयाँ सिजनका लागि बार्सिलोनाको यो दोस्रो अनुबन्ध हो । एक दिनअघि मात्र क्याटलान क्लबले सिटीबाटै सर्जियो अगुएरोलाई फ्रि ट्रान्सफरमा दुई वर्षको लागि अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment