Comments Add Comment

शनायाको बोल्ड फोटोसुट

बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुर चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन् । यसका लागि उनले आफूलाई तयार अवस्थामा राखेकी छिन् ।

शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेकी हुन् ।

उनले, यो बर्ष नै बलिउडमा डेब्यू गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । उनै, शनाया बलिउडमा प्रवेश गर्नु अगाडि नै चर्चामा छिन् । शनाया आफ्नो बोल्ड छविका कारण चर्चामा छिन् ।

हालैमात्र, उनले सामाजिक संजालमा बोल्ड फोटो पोष्ट गरेकी छिन् । जसमा, उनी विकिनीमा प्रस्तुत भएको देख्न सकिन्छ ।

सेतो विकिनीमा उनले खिचाएको तस्वीरलाई उनका फ्यानहरुले प्रशंसा गरिरहेका छन् । बलिउडमा आउनु अगाडि नै फ्यानको मनमा बस्न सफल शनायाको फोटोले सामाजिक संजालमा तहल्का मच्चाएको छ ।

शनायाकी साथी अनन्या पाण्डे बलिउडमा स्थापित हुने क्रममा छिन् । शनाया पनि आफूलाई बलिउडमा डेब्यू गराउनु अगाडि नै फ्यानको दिलमा बसिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment