Comments Add Comment

‘५ जी’ विस्तारको विरुद्धमा उच्च न्यायलयमा पुगिन् जुही चावला

बलिउड नायिका जूही चावलाले भारतमा ‘५ जी’ प्रविधी जडानको विरुद्धमा दिल्लीको उच्च न्यायलयमा उजुरी दिएकी छिन् । उनले दिएको उजुरीको पहिलो सुनुवाई सोमबार भएको छ । अर्को सुनुवाई जुन २ तारिखमा हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जूहीले ‘५ जी’ प्रविधी जडान अगाडि यसले पार्ने नकारात्मक प्रभावको बिषयमा अध्ययन हुनेपर्ने मा गरेकी छिन् । उनले अदालतसमक्ष उजुरी दिदै भनेकी छिन्–‘यो प्रविधी जडान गर्नु अगाडि यसको बारेमा गहिरो अध्ययन हुन जरुरी छ । ५ जी रेडिएशनले मानव जाती, जनावर र रुख विरुवामा गहरिो प्रभाव पार्दछ । यसैले, यो प्रविधी जडान हुनु पहिले यसले असर पार्दछ कि पार्दैन भन्ने स्पष्ट पार्न आवश्यक छ ।’

उनले आफू आधुनिक प्रविधीको विरुद्धमा नरहेको पनि स्पष्ट पारेकी छिन् । तर, रेडियशनले मानिस, जनावर, पन्छी र रुख विरुवालाई असर गर्ने उनको भनाई छ । जुहीले, मोबाइल टावरबाट निस्कने हानिकारक रेडियशनको विरुद्धमा यसअघि पनि आवाज उठाउँदै आएकी थिइन् ।

सन् २००८ मा उनले महाराष्ट्रका तत्कालिन मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई पत्र लेख्दै, मोबाइल टावर र वाई फाई हटस्पटबाट निस्कने रेडियसनले मानव जाती, पशु पन्छी र रुख विरुवालाई हानी गरिरहेको बिषयमा सचेत गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment