+
+
Shares

महेश बस्नेतको दाबी : कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १७:२४

१७ जेठ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको उनले बताए ।

सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुवै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’

विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि बस्नेतले बताए । तर आफूहरुले प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बस्नेतले बताए ।

सम्बोधनका क्रममा उनले अब फेरि पाँच वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?