+

कार्लो एन्सेलोट्टी रियल फर्कने सम्भावना

२०७८ जेठ  १८ गते १२:२९ २०७८ जेठ १८ गते १२:२९
कार्लो एन्सेलोट्टी रियल फर्कने सम्भावना

१८ जेठ, काठमाडौं । जिनेदिन जिदानले रियल मड्रिडको प्रशिक्षकबाट राजीनामा दिएपछि स्पानिस महारथी सम्हाल्ने अर्को प्रशिक्षकको होला भनेर चर्चा चल्न थालेको छ ।

यसै सन्दर्भमा कार्लो एन्सेलोट्टीको नाम अघि आएको छ । स्पानिस अनलाइन मार्काले एन्सेलोट्टी जिदानलाई रिपलेस गर्ने क्यान्डेटको रुपमा समर्थकहरुले छानेको उल्लेख गरेको छ ।

हाल प्रिमियर लिग क्लब एभरटनको प्रशिक्षक रहेका एन्सेलोट्टीको नाम अघि रियलको प्रशिक्षकका लागि मासिमिलियानो अलेग्री र एन्टोनिओ कोन्टेको नाम पनि जोडिएको थियो । संयोगवस तीनैजना इटालियन हुन् । तर, अलेग्री युभेन्ट्सको प्रशिक्षक बनिसकेका छन् ।

यस बाहेक फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका प्रशिक्षक माउरिसिओ पोचेटिनो, रियलकै कास्टिलाका प्रशिक्षक तथा पूर्वखेलाडी राहुल र रियल सोसिडाड बी का प्रशिक्षक तथा रियलका पूर्वखेलाडी जाबी अलोन्सोको नाम पनि जोडिएको छ।

एल लार्गुएरोका अनुसार एन्सेलोट्टीको रियलको पहिलो विकल्पको रुपमा रहेको र क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुरुआती सम्पर्कसमेत गरेको जनाएका छन्।

एसी मिलानका पूर्वप्रशिक्षकसमेत रहेका एन्सेलोट्टीले यसअघि सन् २०१३ देखि २०१५ सम्म रियल मड्रिड हेरेका थिए । सन् २०१४ मा च्याम्पियन्स लिगसमेत जितेका थिए । यस्त उनले रियलमा कोपा डेल रे, स्पानिस सुपर कप र क्लब विश्वकपसमेत जितेका छन् ।

रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय