+
+
Shares

कैलालीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १०:३८

२० जेठ, धनगढी । कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने आदेश जारी गरेको जानकारी दिए ।

यो अवधीमा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने जोशीले बताए । खाद्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल भने आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

बैँक तथा वित्तीय संघसंस्थाहरुले ५० प्रतिशत कर्मचारी राखेर दैनिक बिहान ६ देखि ११ बजेसम्म मात्र सेवा दिन पाउने व्यवस्था मिलाउन समेत प्रशासनले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?