Comments Add Comment

नेप्से परिसूचक उच्च अंकले बढ्याे, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

२० जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २९ अंक भन्दा धेरैले बढेर बजारमा उल्लास देखिएको छ ।

१ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक बढेर २ हजार ८ सय ७५ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च अंक हो । यद्यपि कारोबार समय सकिदासम्म नेप्से परिसूचक  २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ ।

गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको थियो । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

हेर्नुस कुनले कमाए ? कुनले गुमाए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment