+
+

निषेधाज्ञा खुकुलो भएपछि बढ्यो सवारीको चहलपहल (फोटो फिचर)

विकास श्रेष्ठ/चन्द्र आले विकास श्रेष्ठ/चन्द्र आले
२०७८ जेठ २१ गते ११:२८

२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ ।

सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । प्रहरीले भने अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ ।

नेपाल प्रहरीले पनि शुक्रबार काठमाडौं उपत्यकामा अस्वाभाविक भिड देखिएको स्वीकार गरेको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले निषेधाज्ञा खुकुलो भयो भन्ने आम धारणाका कारण सडकमा धेरै भिड बढेको हुन सक्ने बताए । कोभिडको जोखिम कम नभएकोले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको उनले जानकारी दिए ।

निषेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । कोरोना संक्रमणका कारण भिडभाड गर्न बन्देज भए पनि  प्रहरीको चेकिङ स्थलमा भने सवारी साधन र तिनका चालकहरूको भिड देखिन्छ ।

शुक्रबारदेखि सुरु भएको निषेधाज्ञामा सरकारले किराना पसल, वर्कसप, निर्माण कार्य लगायत खोल्न दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?