Comments Add Comment

उपत्यकामा थपिए १,३८४ जना संक्रमित

२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् ।

शुक्रबार देशभर थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment