Comments Add Comment

पावर बैंक पड्किएर घाइते कलाकार महादेव त्रिपाठी अस्पतालबाट डिस्चार्ज

मोबाइलको पावर बैंक पड्किएर घाईते भएपछि अस्पताल भर्ना भएका हास्य कलाकार महादेव त्रिपाठी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बुधबार राती उनको चार्ज गरिरहेको मोबाईलको पावर बैंक पड्किएको थियो । पावर बैंक पड्किएपछि स्वीचबाट छुट्याउने क्रममा करेन्ट लागेपछि उनी त्यही ढलेका थिए । बेहोस भएका उनलाई उनका दाईले राती नै स्टार अस्पताल लगेका थिए ।

‘दुई दिन अस्पताल बसेर आज डिस्चार्ज भएर घर फर्किएको छु’ महादेवले अनलाइनखबरसँग भने, ‘अहिले स्वास्थ्य अवस्था ठिक छ । अब केही दिन आराम गर्नुपर्ने छ ।’ अरुको मोबाइल, पावर बैंक लगायत विद्युतिय उपकरण पड्किएको सामाजिक सञ्जाल तथा समाचारमा देख्ने पढ्ने गरेपनि अहिले आफैले भोगेको त्रिपाठीले बताए ।

उनले ल्यापटप, मोबाइल, पावर बैंक लगायतका सामाग्री चार्जमा राखेर धेरै समय नछोडने, चार्जमा राखेर नचलाउन सुझाव दिएका छन् ।

‘मोबाइल होस् वा पावर बैंक धेरै तात्न नदिऔं । धेरै समय चार्जमा नछोडौं । चार्ज गर्दै प्रयोग पनि नगरौं’ त्रिपाठीले भने, ‘नेपालमा विद्युतको पावर कतिबेला घढ्छ, कतिबेला बढ्छ ठेगानै हुँदैन । आज मलाई पर्यो, भोली अरुलाई पर्न सक्छ ।’ आफू फेसबुक लाइभमार्फत पनि यी कुराहरु राख्ने त्रिपाठीले बताए ।

कलाकार त्रिपाठी पछिल्लो समय ‘कुरि कुरि’ सिरियरमा आवद्ध थिए । उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment