Comments Add Comment

अष्ट्रेलियाले सहयोग गर्‍यो स्वास्थ्य सामग्री

सिड्नी । अष्ट्रेलिया सरकारले कोभिड-१९ महामारीविरुद्द अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सामग्रीहरु नेपाल पुगेको छ ।

अष्ट्रेलियाली वायुसेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका सो सामग्रीहरु नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी श्री प्रभुराम शर्मालाई हस्तान्तरण गरेको काठमाडौं स्थित अस्ट्रेलियाली राजदूतावासले जनाएको छ ।

उक्त सामग्रीहरु हस्तान्तरण गर्दै राजदूत वोल्कले भनिन, ‘दक्षिण एसियाका मित्रहरुलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रीय कार्यस्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामग्री ल्याइएको हो ।

नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्‍याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आइसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामग्रीहरु प्रदान गरिएको हो- वक्तव्यमा जनाइएको छ।

‘क्षेत्रीय देशहरुसँगै अष्ट्रेलियाले स्वास्थ्य सेवा प्रदान गर्न अग्रपङ्क्तिमा कार्यरत व्यक्तिहरुलाई पीपीईलगाएतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गर्न सहकार्य गरिरहेको छ ।

अष्ट्रेलिया र नेपालको लामो समयदेखि विपद्का समयमा सहकार्य गर्ने इतिहास रहेको छ र आजको यो सहयोगले नेपालीहरु प्रति अष्ट्रेलियालीहरुको सद्भाव प्रदर्शन गर्दछ,’ हस्तान्तरणका क्रममा राजदूत वोल्कले भनिन।

जुन ५ मा नेपाल पुर्‍याइएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जिकल मास्क, फेस शिल्ड र पञ्जाहरु रहेका छन् ।

यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीलाई प्रदान गरिने तालीमका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो ।

अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड-१९ विरुद्दको सुरक्षित र प्रभावकारी खोप व्यवस्थापन गर्न सहयोग जारी रहेको पनि प्रेस वक्तव्यमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment