+
+

रुपन्देहीमा एक युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २३ गते १२:३५

२४ जेठ,बुटवल । रुपन्देहीमा एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ वर्षीय महेन्द्र यादवको धारिलो हतियारले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक यादवको शव घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

शंकास्पद अवस्थामा शव फेला परेको शवको भीम अस्पताल भैरहवामा पोष्टमार्टम गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । मृतक यादवको एक श्रीमती, २ छोरी र १ छोरा छन् । हत्याको कारण नखुलेको र घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?