+
+

सुर्खेतमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो 

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते १७:०५

२४ जेठ, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘जिल्लामा संक्रमणको दरमा केही कमी आएको छ । तर, जोखिम उच्च छ, संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ,’ प्रजिअ रिजालले भने, ‘आजको डीसीएमसीको बैठकले पनि ३१ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ ।’ वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा सोमबार ४० दिन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?