
२४ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न अब विहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ ।
अत्यधिक भिडभाडका कारण कोरोना जोखिम बढेको भन्दै कर्पोरेसनले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको हो ।
‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री कक्षहरु खुल्ला रहने जानकारी गराइन्छ,’ कर्पोरेसनका विभागीय प्रमुख सुवास रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4