
२७ जेठ, काठमाडौं । कैलालीका नेकपा एमाले नेता नारदमुनि राना पनि मन्त्री बन्ने पक्का भएको छ । रानालाई प्रधानमन्त्री केपी शर्मा ओलीले वनमन्त्री प्रस्ताव गरेका थिए । रानाले पद स्वीकार गरेको बताए ।
‘वन मन्त्रालयको जिम्मेवारी दिइएको छ,’ रानाले भने, ‘साँझ ४ बजे सपथका लागि बोलाउनु भएको छ ।
रानाले प्रतिनिधसभाको गत चुनावमा नेपाली कांग्रेससका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कैलाली क्षेत्र नं. ५ बाट ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए ।
चुनावकै बेला नेता रानालाई मन्त्री बनाउने भन्दै मत मागिएको थियो । तर, रानाले चुनाव जिते पनि मन्त्री बन्ने अवसर भने ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि मात्रै पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4