+
+

गणेश लामा पोखराबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १८:५९
फाइल तस्वीर

२७ जेठ, पोखरा । सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ

विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

मनाङ्गेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङ्गे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थिथत रहे ।

मनाङ्गेको मतले विपक्षीको सरकार बन्‍ने पक्काजस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?