Comments Add Comment

‘निषेधाज्ञा मात्रै समाधान होइन, अब अर्थतन्त्र चलायमान बनाउनुपर्‍यो’

२८ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले निषेधाज्ञालाई निरन्तरता दिनु अर्थतन्त्रका लागि घातक हुने बताएका छन् । बन्द नै समाधान नभएको भन्दै उनले अब निश्चित समय तोकेर व्यापार व्यवसायहरु खुला गर्नु पर्ने बताए ।

अधिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहेको छ । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । समय थप गरेर जेठ मसान्तसम्म निषेधाज्ञा जारी रहेको छ । पुनः निषेधाज्ञा थप गर्ने कि अब खुला गर्ने भन्ने विषयमा सरकारले निर्णय गरिसकेको छैन ।

एकै पटक पुरा खुला नगरी विस्तारै क्रमशः खुला गर्नु पर्ने बताए । पछिल्लो समय सकारले एक साता पुनः लकडाउन थप्ने तयारी गरिरहेको बुझिएको भन्दै उनले भने, ‘विहान २ घण्टा खोलेर कोरोना घट्ने होइन बढ्छ, एकै पटक भीड बनाउने काम गर्नु भएन ।’

नाकाहरुमा कडाई गर्ने र निश्चित समय तोकेर व्यापार व्यवसायहरु अब खुला गर्नु पर्ने पूर्व अध्यक्ष श्रेष्ठको भनाइ छ  । कोरोनाबाट बच्न सर्वसाधारण आफैं पनि सचेत रहनु पर्ने उनको भनाइ छ । अब सरकारले छिमेकी नाकाहरुमा कडाई गरेर भित्र भने क्रमशः खुलाउने तर्फ सोच्नुपर्ने उनको सुझाव छ ।

‘१२ बजेसम्म किराना पसल खुला गर्ने र १२ बजेपछि अन्य सामग्रीका पसलहरु खुला गर्ने गर्‍यो भने भीडभाड पनि धेरै हुँदैन’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘सधै बन्द गरेर त यहाँ कोरोना होइन अन्य कारणले समस्यामा पार्छ, यो विषयमा सरकारको अब ध्यान जाने पर्छ ।’

कोरोनाबाट होइन अब काम नपाएर मान्छेहरु डिप्रेसनमा जाने खतरा हुनसक्ने उनले बताए । लामो समय बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएको र धेरैको रोजगारी समेत गुमेको भन्दै अझै लामो समय बन्द गर्दा धेरै सामान्य नागरिकहरुलाई समस्या पर्ने उनले बताए । खाद्यान्न बहेकका सामाग्री पनि अब घरमा अभाव हुन थालेको भन्दै उनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर व्यवसाय खुला गर्न र श्रमिकलाई काम गर्न दिनु पर्ने उनको भनाइ छ ।

निषेधाज्ञाका कारण धेरेको रोजीरोटी गुमेको भन्दै अब अझै निषेधाज्ञा गरिए झन ठूलो समसया सिर्जना हुनसक्ने पूर्व अध्यक्ष श्रेष्ठको भनाइ छ । अर्कोतर्फ सरकारी अन्योल नीतिका कारण पनि सर्वसाधारण अन्योलता रहेको उनले बताए ।

‘कहिले स्वास्थ्य संकटकालको कुरा आउँछ, कहिले के कुरा आउँछ, जनतालाई स्पष्ट जानकारी दिनु पर्यो’ उनले भने, ‘अन्योल र भ्रममा राख्दा झन धेरै समस्या हुन्छ, अब के हुन्छ भन्ने कुरा पनि स्पष्ट हुने हो भने सबैले आफ्नो योजना बनाएर काम गर्न पाउने थिए ।’

सरकारले यस्तो बेलामा खोपलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनको सुझाव छ । सबै नागरिकलाई खोपको व्यवस्था हुने गरी काम गर्नु पर्ने भन्दै उनले आवश्यक व्यवस्थाका लागि कुटनीतिक पहल जरुरी बताए । भारतसँगमात्रै ठूलो व्यापार हिस्सा रहेका कारण अहिलेको खोपको समस्या समाधान गर्न भारतले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले पनि भारतसँग ६५ प्रतिशतसम्म व्यापार हुने गरेको छ, खुला सिमाना भएको र धेरै भारतीय श्रमिक नेपालमा काम गर्ने र धेरै नेपालीहरु पनि भारतमा छन्’ पूर्व अध्यक्ष श्रष्ठले भने, ‘यस्तो अवस्थामा त भारतले पनि सहयोग गर्नु पर्ने भएको छैन, यसमा आवश्यक पहल हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment