Comments Add Comment

दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

गायक एवं संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गायक श्रेष्ठ कोरोना संक्रमित भई दुई साताको अस्पताल बसाईपछि केही दिन अगाडिमात्रै घर फर्किएका छन् ।

कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई उपचार खर्च स्वरुप संघको संगीतकर्मी कल्याणकारी कोषबाट उक्त रकम दिने निर्णय गरिएको संघका अध्यक्ष पारस मुकारुङले बताए ।

‘संगीतकार संघको संगीतकर्मी कल्याणकारी कोषबाट आपद् विपद्मा परेका स्रष्टाहरुलाई अवस्था हेरेर सकेको सहयोग गर्दै आएका छौं’ अध्यक्ष मुकारुङले अनलाईनखबरसँग भने, ‘दीप दाई कोरोना संक्रमित भएर अस्पतालमा धेरै समय बिताउनुभयो । उहाँको उपचार खर्च भनेर २ लाख रुपैयाँ संगीतकार संघको तर्फबाट सहयोगको घोषणा गरेका हौं ।’

संगीतकार संघले अहिले घरमा आराम गरिरहेका गायक श्रेष्ठको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । संगीतकर्मी कल्याणकारी कोषबाट संगीतकार संघले यसअघि पनि स्रष्टाहरुलाई सहयोग गर्दै आएको छ । अध्यक्ष मुकारुङ समस्यामा परेका संगीतकर्मीहरुका लागि कल्याणकारी कोषको स्थापना गरिएकाले सबै संगीतकर्मीहरुलाई संघमा आवद्ध हुन आब्हान गर्छन् ।

उनी भन्छन्, ‘आपद् विपद् कसलाई पर्छ भन्ने थाहा हुँदैन् । त्यसैले सबै संगीतकर्मी साथीहरुलाई संघमा जोडिन् आब्हान गर्छु । कोही पनि स्रष्टा उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो उद्धेश्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment