Comments Add Comment

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गमा खसेको पहिरो । फाइल फोटो

१ असार, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

पाल्पाको डुम्रे नजिकै पहिरो खस्दा तानसेन–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । यस्तै राम्दी सीता पहाडबाट पहिरो खस्दा बर्तुङ–स्याङ्जा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउने प्रयास भएपनि अविरल भारी वर्षाका कारण केही घण्टा लाग्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र, दोभान, चर्चरे, चौविसमाइल, डुम्रे लगायतका क्षेत्रमा पनि पहिरो जाने उच्च जोखिम भएकाले यात्रा गर्दा सजग रहन प्रहरीले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment