Comments Add Comment

मौद्रिक नीतिको गृहकार्य सुरु, कहिले आउँछ ?

१ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले गृहकार्य सुरु गरेको छ । कोरोना महामारीका बीच आउने अर्थतन्त्रलाई चलायमान बनाइराख्न के-के नयाँ नीति तर्जुमा गर्नु पर्छ भनेर मौद्रिक नीतिको विषयमा अहिले राष्ट्र बैंकले छलफल सुरु गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा आउने यो दोस्रो मौद्रिक नीति हो । गत वर्ष आएको मौदि्रक नीतिभन्दा यस वर्ष केही फरक ल्याउने राष्ट्र बैंकको संकेत छ । गभर्नर अधिकारीले मौद्रिक नीतिका विषयमा सरोकारवालाहरुसँग छुट्टाछट्टै छलफल हुने बताएका छन् ।

यसअघि विशेष कार्यक्रमको आयोजना गरेर सरोकारवालाहरु सबैलाई एकै ठाउँमा राखेर मौदि्रक नीतिका लागि सुझाव लिने प्रचलन थियो । एकै ठाउँमा राखेर सुझाव लिँदा त्यति प्रभावकारी नदेखिएकाले क्षेत्रगत रुपमा छुट्टाछट्टै छलफल हुने गभर्नर अधिकारीले बताएका छन् ।

मौद्रिक नीति भने आगामी आर्थिक वर्ष लागेपछि मात्रै सार्वजनिक हुने छ । राष्ट्र बैंकका प्रवक्ता देबकुमार ढकालले अहिले तयारी सुरु भए पनि असार महिनाभित्र भने नआउने बताए । उनका अनुसार साउन पहिलो साता सार्वजनिक गर्ने गरी मौद्रिक नीति तर्जुमाको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment