Comments Add Comment

पूर्व उपकुलपतिहरुको एक स्वर : चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर

१ असार, काठमाडौं । पूर्व उपकुलपतिहरुले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न माग गरेका छन् ।

महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा लगायत १२ जना पूर्व उपकुलपतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री र शिक्षामन्त्रीले गरेको हस्तक्षेपको विरोध गरेका हुन् ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर बीएण्डसीलाई सम्बन्धन दिन दबाब दिएका थिए ।

पूर्व उपकुलपतिहरुले बीएण्डसीलाई सम्बन्धन दिलाउन विधिको शासन र कानूनी राज्यको उपेक्षा गर्न अतिकति पनि नहिच्किचाउनु दुर्भाग्य भएको बताएका छन् । जायज अडान राखेका डा. गिरीलाई धम्की आउन थालेको भन्दै उनीहरुले भनेका छन्, ‘यसरी जो कसैलाई इमान्दारिता र नैतिकतामाथिको चुनौती स्वरुप भौतिक, मानसिक र शारीरिक यातना सामना गर्नु परेमा त्यसबाट हुने कुनै पनि क्षतिको जिम्मेवार सरकार हुनेछ ।’

पूर्व उपकुलपतिहरुले डा. गिरीलाई सुरक्षा दिन र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्ताक्षर नगर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment