+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

पहिरोले कालीगण्डकी करिडोर आयोजनाको बागलुङ-बेनी सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १ गते २०:००

१ असार, गण्डकी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाको बागलुङखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

निरन्तरको पहिराले करिडोरको बागलुङखण्ड अन्तर्गत बागलुङ नगरपालिका-१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सडकको माथिबाट खसेको पहिराले सडक अवरुद्ध भएको र निरन्तरको वर्षात्का कारण पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

यस्तै निरतरको वर्षात्का कारण बागलुङदेखि म्याग्दीको बेनी जोड्ने सडक अवरुद्ध भएको छ । बागलुङ –५ कुडुँले नजीकै सडकमाथिबाट आएको पहिराले बागलुङ-बेनी सडक अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?