+
+
Shares

फिल्मीकर्मीलाई ५ हजार डोज खोप उपलब्ध गराउन निर्माता संघको स्वास्थ्य मन्त्रीसँग माग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २ गते १४:२०

केही दिन अगाडि चलचित्र विकास बोर्डले ३ हजार चलचित्रकर्मीलाई कोरोनाको खोप उपलब्ध गराउन माग गरेको थियो । विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई भेटेर यस्तो माग गरेका थिए । विकास बोर्डको मागमा स्वास्थ्य मन्त्री सकारात्मक रहेको बताइएपनि अहिलेसम्म यस बिषयमा कुनै घोषणा भने भएको छैन ।

यसैविच, चलचित्र निर्माता संघले पनि ४५ सय देखि ५ हजार चलचित्रकर्मीलाई कोरोनाको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्री तामाङसँग माग गरेको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै चलचित्र क्षेत्रमा काम गरिरहेका करिब ५ हजार चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन माग गरेका हुन् ।

चलचित्रकर्मीले अहिलेसम्म खोपको पहिलो डोज पनि प्राप्त नगरेको भन्दै निर्माता संघले अग्रपंक्तिमा रहेर यो महामारीमा चलचित्रकर्मीले काम गरेको अवगत गराएका छन् ।

चलचित्रकर्मीलाई खोप उपलब्ध गराएपछि राज्यका विभिन्न निकायसँग हातेमालो गर्दै अग्रपंक्तिमा खटिएर कोरोना नियन्त्रणका लागि चलचित्रकर्मीले अझै गहन भूमिका खेल्न सक्ने निर्माता संघले बताएको छ ।

निर्माता संघको मागमा स्वास्थ्य मन्त्री तामाङ सकारात्मक रहेको अध्यक्ष अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?