+
+
Shares

नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ४ गते २०:३०

४ साउन, वीरगञ्ज । स्कटल्याण्डबाट वीरगञ्ज स्थित नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ ।

कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डले गैरआवासीय नेपाली संघ मार्फत पाँच थान अक्सिजन कन्सन्ट्रेटर नारायणी अस्पताललाई प्रदान गरेको हो ।

स्कल्याण्डामा बस्ने गैर आवासिय नेपाली तथा उनीहरु आवद्ध संघ संस्थाहरुले कोरोना महामारी नियन्त्रण तथा रोकथामामा सहयोग गर्न २० थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरेका थिए ।

जर्मनीमा निर्मित १० लिटर क्षमता भएको अक्सिजन कन्सन्ट्रेटरहरु कोभिड–१९ राहत सहयोग समिति स्कटल्याण्डका प्रतिनिधि प्रकाश अर्यालले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो।

डा.प्रधानले स्कटल्याण्डका नेपाली संघ संस्था तथा व्यक्तिहरु प्रति आभार व्यक्त गर्दै कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने बताए ।

कोभिड–१९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्याण्ड, नेपाल स्कटल्याण्ड एसोसिएसन, स्कट स्पोर्टस् क्लब, ग्लास्गो नेपाली एसोसिएसन, दियो क्लब युके , नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्टस् एण्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज कम्युनिटी , नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेप्लिज एसोसिएसन, जिएस आर्टस् एण्ड कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एण्ड वेलफेयर, नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड, नेप्लिज युथ स्कटल्याण्ड आवद्ध छन्।

अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि स्कटल्याण्डमा रहेका गैरआवासिय नेपालीहरूबाट व्यक्तिगतरूपमा सहयोग समेत प्राप्त भएको प्रतिनीधि अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?