Comments Add Comment

स्कटल्याण्डले इंगल्याण्डलाई गोलरहित बराबरीमा रोक्यो

५ असार, काठमाडौं । विश्वकै सबैभन्दा पुरानो दुई फुटबल प्रतिद्वन्दी इंग्ल्याण्ड र स्कटल्याण्डले युरोकप २०२० मा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूह डी अन्तर्गत शुक्रबार राति लण्डनस्थित घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग बराबरीमै रोकियो ।

खेलमा दुवै टोलीले केही गोलका अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

बराबरीपछि इंग्ल्याण्डको लगातार ७ खेलको जित यात्रामा ब्रेक लागेको छ । सन् १९९६ पछि पहिलो पटक युरोकप खेलिरहेको स्कटल्याण्डले यस संस्करणमा पहिलो अंक जोडेको छ ।

२५ वर्षअघि वेम्वलीमै भएको खेल इंग्ल्याण्डले २-० ले जितेको थियो ।

बराबरीपछि समूह डी मा अपराजित इंग्ल्याण्डले २ खेलबाट ४ अंक जोडेको छ । चेक रिपब्लिक समान ४ अंक भए पनि इंग्ल्याण्ड गोलअन्तरमा पछि हरँदै दोस्रोमा छ ।

अब समूह्यको अन्तिम खेलमा इंग्ल्याण्डले चेक रिपब्लिकसँग खेल्नेछ । उक्त खेल जितेमा इंग्ल्याण्ड समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्नेछ । बराबरी खेले पनि इंग्ल्याण्ड र चेक रिपब्लिक दुवै अन्तिम १६ मा पुग्नेछ ।

पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १-० ले हराएको थियो ।

उता पहिलो खेलमा चेक रिपब्लिकसँग पराजित भएको स्कटल्याण्डले २ खेलबाट १ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment