Comments Add Comment

वेव सिरिज ‘रुद्र’मा अजयले वुझे १२५ करोड पारिश्रमिक

बलिउड नायक अजय देवगण डिजिटल डेब्यूको तयारीमा छन् । उनी, ‘रुद्र’ नामक वेव सिरिजमा काम गर्ने तयारीमा छन् । यो वेव सिरिजको जुलाई महिनाबाट छायांकन सुरु हुँदैछ ।

वेव सिरिजमा पहिलो पटक काम गर्न लागेको अजयले पारिश्रमिक पनि महंगो लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो वेव सिरिजका लागि अजयले १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

मिडियाका अनुसार, अजयको यो पारिश्रमिकमा प्रोमो सुट, सोशल मिडिया पोष्ट, रियालिटी शोमा उपस्थिती लगायतका शर्त पनि उल्लेख गरिएको छ । यो सिरिजमा साउथकी नायिका राशी खन्नाले पनि काम गर्दैछिन् ।

यो सिरिज ब्रिटिश साइक्लोजिकल क्राइम ड्रामा ‘लूधर’को आधिकारिक रिमेक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment