+
+
Shares

भारतमा कोरोनाका दैनिक संक्रमित संख्या ८८ दिनयताकै कम

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १२:१२

७ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा निरन्तरको कमी देखिएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ५३ हजारमा झरेको छ । यो संख्या ८८ दिनयताकै हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक हजार ४२२ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि करीब ७ लाखमा झरेको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ९९ लाख ३५ हजार नाघेको छ।

त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण तीन लाख ८८ हजार १३५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतको केरलाबाहेक सबै राज्यमा कोरोनाका १० हजारभन्दा कम नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म भारतमा २८ करोड डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइसकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?