+
+
Shares

शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १२:५५

७ असार, काठमाडौं । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् ।

भट्टराईले अनलाइन र प्रतिनिधिमार्फत भौतिक रुपमा आइबार निवेदन दिएको जानकारी दिए । ‘इमेल र प्रतिनिधिमार्फत उजुरी दर्ता गराएको छु,’ उनले भने, ‘६ हजार तलब खाने शिक्षकबाट उठाएको लेबीबाट भ्रष्टाचार गर्नेलाई छानबिन गरी कानूनी दायरामा ल्याउनुपर्छ भनेर उजुरी दिएको हुँ ।’

महासंघले हिनामिना गरेको ५७ लाख तीन वर्षदेखि निरन्तर बेरुजु देखाउँदै आइरहेको र उक्त विषयमा छानबिनका लागि निवेदन दिएको भट्टराईले बताए ।

स्थायी शिक्षक मञ्चका संयोजक समेत रहेका भट्टराईले भ्रष्टाचारीको संरक्षण गर्नु हुँदैन भनेर उजुरी गरेको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुरुप उजुरी दिएको हुँ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?