+
+
Shares

गोरखामा जडिबुटी खोज्न गएका एक व्यक्ति बेपत्ता, चार जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १३:४२

७ असार, गोरखा । गोरखामा जडिबुटी खोज्न गएका एक व्यक्ति भीरबाट लडेर बेपत्ता भएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालमा वन–लसुन खोज्न गएका चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका २४ वर्षीय सुरेन्द्र गुरुङ आइतबार दिउँसो बेपत्ता भएका हुन् ।

उनीसँगै जडिबुटी खोज्न गएका अन्य चार जनाको भने उद्धार गरिएको छ । धार्चे गाउँपालिका–४ लाप्राकका सुवास गुरुङ, चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका धनप्रसाद गुरुङ, तुलबहादुर गुरुङ र कान्छा गुरुङलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

‘साथी भीरबाट लडेर बेपत्ता भएपछि उद्धारको लागि उनीहरुले आफन्त र प्रहरीलाई खबर गरे,’ उनले भने, ‘हेलिकप्टरमार्फत उनीहरुलाई उद्धार गरेर लाप्राकस्थित आफन्तको घरमा छाड्यौ ।’

बेपत्ता भएका गुरुङको खोजी जारी रहेको उनले बताए । वन–लसुन खोज्न भन्दै उनीहरु गत जेठ २६ गते सो क्षेत्रमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?