+
+
Shares

नयाँ बीमा कम्पनीको लाइसेन्स लिन ६ कम्पनी दौडधुपमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ७ गते १५:०४

७ असार, काठमाडौं । विभिन्न ६ समूहले नयाँ बिमा कम्पनीको लाइसेन्स लिनका लागि छुट्टाछुट्टै दौडधुप सुरु गरेका छन् । केही साता अघि नियामक निकाय बिमा समितिले हिमालयन रिइन्स्यारेन्सलाई सञ्चालन अनुमति दिने निर्णय गरेको थियो ।

त्यसपछि बिमा कम्पनीका लागि समेत लाइसेन्स पाउन सकिने भन्दै दौडधुप बढाएका हुन् । अहिले निर्जिवन बिमा कम्पनीको सञ्चालन अनुमतिका लागि बिमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान कार्की, बिमा कम्पनीका पुराना सीईओ रमेश भट्टराईका साथै केही व्यापारिक घरानाका व्यक्तिहरुले समेत नयाँ बिमा कम्पनीका लागि तयारी गरेका छन् ।

कार्की र भट्टराई दुबै जनाले पुनर्बिमा कम्पनीका लागि आवेदन दिएर पनि लाइसेन्स पाउन सकेका थिएनन् । अहिले कार्कीले अभियान जनरल इन्स्यारेन्स कम्पनी र भट्टराईले महालक्ष्मी जनरल इन्स्यारेन्सको नाममा कागजात तयार पारिरहेका छन् ।

यसैगरी केही व्यापारिक समूहले मनकामना जनरल इन्स्योरेन्स, स्ट्याण्र्डड लाइफ इन्स्योरेन्स, युनी लाइफ इन्स्योरेन्स र काठमाडौं जनरल इस्योरेन्सका नाममा लाइसेन्सका लागि तयारी गरिएको बुझिएको छ । प्रस्तावित युनी लाइफमा भने वन तथा वातावरण मन्त्री नारणमूनी रानाले समेत संस्थापक सेयरका लागि फारम भरेका छन् ।

तत्कालीन अध्यक्ष चिरञ्जीवि चापागाईंको पालामा १९ वटा बिमा कम्पनीहरुले लाइसेन्स पाएका थिए । त्यसपछि भने अब संख्या धेरै भएको भन्दै लाइसेन्स बन्द गरिएको थियो । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल अहिले पनि बन्द नै रहेको बताउँछन् । अहिले नयाँ लाइसेन्सका लागि आवेदन समेत नलिने उनले बताए ।

तर, समितिले सुटुक्क केही कम्पनीहरुलाई लाइसेन्स दिन सक्ने सम्भावना देखिएकाले ६ वटा समूहले तयारी थालेका छन् । ‘हामीले अहिले कागजात बनाइरहेका छौं, भोलि जुनसुकै बेला समितिले आवेदन माग गर्न सक्छ’ एक व्यवसायीले भने, ‘प्रधानमन्त्रीले नै आवेदन खुला गर्नु भनेपछि समितिको अध्यक्षको केहि लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?