Comments Add Comment

रुपन्देहीमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने

७ असार, बुटवल । रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निजी सवारी साधन चल्न पाउने गरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।

तर, सवारी साधन चल्दा जोर–बिजोर प्रणाली अनुसार चल्नुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले बताए । जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउनुपर्ने जनाइएको छ ।

यस्तै डीसीसीएमसीको बैठकले मंगलबारदेखि सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यसअघि अत्यावश्यक सेवाका कार्यालयहरु मात्र खुलेका थिए ।

कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment