Comments Add Comment

निषेधाज्ञा खुकुलो, केही स्थानमा ट्राफिक जाम

८ असार, काठमाडौं । ५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चलेका हुन् ।

जोर गते जोर नम्बर र बिजोर गते विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अक्षर)का सवारी चल्नेछन् । ट्याक्सीलाई पनि जोरबिजारमा सञ्चालन गर्न दिइएको छ ।
तर सार्वजनिक सवारी साधन भने अझै सञ्चालमा आएको छैन ।

अहिले सन्चालनमा आएका गाडीहरुलाई पनि प्रहरीले बिभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । चेकिङ पोष्ट नजिक रोकिनुपर्दा केहीबेर सवारी साधनहरुको जाम हुने गरेको छ ।

फोटो : विकास श्रेष्ठ र चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment