+
+
Shares

प्रियंका भन्छिन्–‘ओटीटीले बलिउडमा केही मानिसहरुको एकाधिकार तोडेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १३:४६

बलिउड नायिका प्रियंका चोपडाले ओटीटी प्लेटफर्मको विकाससँगै बलिउडमा केही मानिसहरुको एकाधिकार तोेडिएको तर्क गरेकी छिन् ।

ओटीटीको बढ्दो ग्राफलाई देखेर खुशी रहेकी प्रियंकाले मनोरञ्जन दुनियाँमा लोकतान्त्रिक व्यवस्था बदलिएको बताएकी हुन् । उनले भनिन्–‘ओटीटीले भारतीय मनोरञ्जन दुनियाँलाई मात्र बदलेको छैन, यसले नयाँ प्रतिभाहरुलाई अवसर पनि दिएको छ ।’

प्रियंकाले भनेकी छिन्–‘डिजिटल प्लेटफर्मले बलिउड नगरीमा चलिरहेको मनोमानीलाई सकिरहेको छ । यो भन्दा अगाडि केही मानिसहरुको इशारामा बलिउड चल्ने गर्दथ्यो । तर, ओटीटीका कारण नयाँ प्रतिभा, नयाँ लेखकले राम्रो स्थान पाइरहेका छन् । पहिला केही मानिसहरुका कारण यो रोकिएको थियो । यसले भारतीय चलचित्रको विकासमा ठूलो भूमिका खेल्छ ।’

प्रियंकाले बलिउड सधै एउटै फर्मुलामा चलिरहेको भन्दै ओटीटीको विकाससँगै नयाँ नयाँ कथामा चलचित्र बन्न थालेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?