Comments Add Comment

कोपा अमेरिका : उरुग्वे र पाराग्वे क्वाटरफाइनलमा, बोलिभिया बाहिरियो

११ असार, काठमाडौं । उरुग्वे र पाराग्वे ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभिया र पाराग्वेले चिलीलाई समान २-० को नतिजामा हराउदै अन्तिम ८ मा स्थान पक्का गरे ।

लगातार तीन हारपछि अंकविहीन रहेको बोलिभया भने समूह चरणबाटै बाहिरिएको छ ।

समूह ए बाट यसअघि नै अर्जेन्टिना र चिलीले क्वाटरफाइनलमा स्थान बनाइसकेका छ । यस समूहबाट क्वाटरफाइनल पुग्ने चारवटै टिमको टुङ्गो लागेको हो ।

उरुग्वेलाई प्रतियोगितामा पहिलो जित दिलाउन एडिनसन कभानीले एक गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । बोलिभियाका कार्लोस लाम्पेले ४०औं मिनेटमा आत्मघाती गोल गरेपछि उरुग्वेले अग्रता बनाएको थियो । कभानीले ७९औं मिनेटमा गोल गर्द उरुग्वेको जित पक्का गरे ।

जितपछि ३ खेलबाट ४ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ ।

यस्तै अर्को खेलमा पराग्वेले चिलीलाई पराजित गर्दै दोस्रो जित हात पार्‍यो । परागवेका लागि सामुले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मिगुएल अल्मिरोनले ५८औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।

जितपछि ३ खेलबाट ६ अंक जोड्दै पाराग्वे दोस्रो स्थानमा उक्लेको छ । समूहमा चारवटै खेल खेलिसकेको चिली ५ अंकसहित तेस्रो स्थानमा छ । यदि उरुग्वेले अन्तिम खेलमा पाराग्वेलाई पारजित गरेमा चिली चौथो स्थानमा झर्नेछ ।

अब अर्जेन्टिनाले बोलिभियासँग तथा पाराग्वेले उरुग्वेसँग खेल्न बाँकी छ । अर्जेन्टिनाले जित हात पारे शीर्ष स्थानमै यथावत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment